युवा संघले जलायो माधव नेपालको पुत्ला

नेकपा एमालेको भ्रातृ संगठन युवा संघले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुत्ला दहन गरेको छ । 

सोमबार नेता नेपालको निर्वाचन क्षेत्रस्थित बालकुमारीमा युवा संघले पार्टीको विरुद्धमा लागेको भन्दै उनको पुत्ला दहन र सांकेतिक प्रदर्शन गरेको हो ।
  
प्रदर्शनमा युवासंघका स्थायी समिति सदस्य महेश चौलागाईंले नेता नेपाल पार्टीमा एक कलंकको टीका भएको बताए । उनले नेपालसहित फ्लोर क्रस गर्ने २२ जना सांसदको निर्वाचन क्षेत्रमा पनि आज प्रदर्शन कार्यक्रम भइरहेको बताए । 

‘हामीले माधव नेपालको घरअघिबाट उनलाई चेतावनी दिएका छौँ,’ सदस्य चौलागाईंले भने, गद्दारीका काम गर्ने भ्रष्ट र विदेशी दलालबाट चल्ने, मतियार बोकेका माधव नेपालजस्तालाई तह लगाउन अब युथ फोर्स नेपाल र राष्ट्रिय युवा संघ नेपाल जन्मिसकेको छ ।’

सूर्य चिह्नबाट चुनाव जितेर आफूले रुखमा भोट हाल्न लगाउनु गद्दारीको पराकाष्ठा भएको समेत सदस्य चौलागाईंले बताए । 





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार २१:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया