आज हरिशयनी एकादशी, अर्थात् तुलसी सार्ने दिन

काठमाडौं– आज आषाढ शुक्ल एकादशी, घरघरमा तुलसी रोपेर ‘हरिशयनी एकादशी’का रुपमा मनाइँदै छ । आजदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजन हुुन्छ । 

तुलसीको शास्त्रीय मात्र नभई वैज्ञानिक महत्व पनि उत्तिकै छ । सबैभन्दा बढी अक्सिजन दिने भएकाले घरवरिपरि तुलसी रोप्दा वातावरण स्वच्छ रहन्छ । तुलसीलाई प्राकृतिक चिकित्सामा विभिन्न रोगका औषधिका रुपमा प्रयोग गरिन्छ । आधुनिक औषधिको निर्माणमा पनि तुलसी प्रशस्त प्रयोग हुन्छ ।

एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिन छरिएको तुलसीको बिउ आज मोठमा सारिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको वैदिक संस्कारका जानकारहरु बताउँछन् । शास्त्रीय वर्णनअनुसार, भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा भनिन्छ ।

प्रत्येक महिना दुईवटा (कृष्णपक्ष र शुक्लपक्षमा एक–एक) का दरले वर्षमा २४ एकादशी पर्छन् । सबै एकादशी हिन्दु धर्मावलम्बीका लागि पावन तिथि हुन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् ।

चार महिना पनि नसक्नेले भने हरिशयनी एकादशी (आज) र हरिबोधिनी एकादशी (कार्तिक शुक्ल एकादशी) का दिन व्रत बस्छन् । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने चलन छ ।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार ७:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया