बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा भारतीय व्यावसायी राज कुन्द्रा गिरफ्तारीमा परेपछि उनीमाथि अनेक प्रश्न उब्जिएका छन् । उनले पोनोग्राफिक फिल्म बनाउने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मुम्बई प्रहरीको क्राइम ब्रान्चले २०२१ को फ्रेबुअरीमा एउटा उजुरी परेको पनि बताएको छ । यसकै आधारमा सोमबार राति राज कुन्द्र पक्राउ परेका हुन् ।
मुम्बई प्रहरीले राज कुन्द्र यस्तो फिल्म बनाउने काममा संलग्न भएको आफूहरुसँग पर्याप्त प्रमाण भएको पनि बताएको छ । प्रहरीले यस विषयमा अहिले पनि छानबिन गरिरहेको पनि जानकारी दिएको छ ।
अहिलेसम्म कुन्द्र पक्राउको विषयमा उनको परिवार वा शिल्पाको तर्फबाट कुनै विज्ञप्ति वा आधिकारिक भनाइ सार्वजनिक गरिएको छैन ।
प्रहरीले कुन्द्रलाई मंगलबार अदालतमा लैजाने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।