खोलाले बगाउँदा दुई बालिका बेपत्ता
फरकधार / ५ साउन, २०७८
सांकेतिक तस्बिर

प्यूठानमा खोलाले बगाएर दुई बालिका बेपत्ता भएका छन् । प्यूठानको माडी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी  दिएको छ । 

सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा मगरकी ७ वर्षीया छोरी सर्मिला थापा मगर रहेको प्रहरीले जनाएको छ । 

स्थानीयलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार बालिकाहरु सोमबार दिउँसो बाख्रा चराउन गएका थिए । दिउँसो ३ बजेतिर खोलामा पौडी खेल्दै गर्दा बगाएको हो । 

प्रहरीले स्थानीय मिलेर बालिकाहरूको खोजी भइरहेको छ । 

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १३:२०:१८,   अन्तिम अपडेट : साउन ५, २०७८ मंगलबार १३:२८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया