नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अंकमाथिले घटेको छ । आज नेप्से परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झरेको हो ।
आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स २.८२ अंकले घटेर ५५८.११ विन्दुमा झरेको छ ।
मंगलबार बैंकिङ, विकास बैंक, फाइनान्स, जीवन बिमा तथा निर्जीवन बिमा लगायतका समूहहरु ऋणात्मक भएका छन् । व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फण्ड समूहहरु भने धनात्मक भएका छन् ।
२१९ कम्पनीका ३ करोड १६ लाख कित्ता माथिको सेयर ८४ हजार ४६८ पटक बजारमा किनबेच भएको छ । जसबाट कुल ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँको कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।