भीम रावलको राजीनामाको फिर्ता गर्न दबाब दिन सुदूरपश्चिमका मन्त्रीसहितको टोली काठमाडौंमा
फरकधार / ५ साउन, २०७८

नेकपा एमालेका नेता भीमबहादुर रावलको राजीनामा फिर्ताका लागि दबाब दिन सुदूरपश्चिम प्रदेशबाट सांसद र मन्त्रीहरुको टोली काठमाडौंमा गएको छ ।
 
प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, भौतिक विकासमन्त्री दीर्घ सोडारीलगायत सांसद र एमाले जिल्ला अध्यक्षहरुको टोली मंगलबार काठमाडौं गएका एमाले पार्टी स्रोतले जानकारी दिएको छ ।

रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै राजीनामा घोषणा गरेका थिए । रावलको राजीनामाको फिर्ताका लागि चौतर्फी दबाब छ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत हतारमा गरेको निर्णय फिर्ता गर्नु रावललाई आग्रह गरेका थिए । 

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १८:२५:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया