धनगढीमा पानी निकासका लागि कल्भर्ट खोल्दा स्थानीयको विरोध, प्रहरीले गर्यो अश्रुग्यास प्रहार

धनगढीमा जमेको पानी निकास गर्नका लागि कल्भर्ट खोल्दा स्थानीय र प्रहरीबीच झडप भएको छ । धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्न प्रहरी र स्थानीय बीच झडप भएको हो ।

उपमहानगरपालिका–३ को हाटबजार, विद्युत कार्यालयलगायत क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको जानकारी दिए ।

सो क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको उनले जानकारी दिए । स्थानीयको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् ।  सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो । तर, वडा नम्बर २ का बासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए ।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १८:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया