कैलालीका एसपी अधिकारीसहित नौजना पुरस्कृत

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी पुरस्कृत भएका छन् । जिल्लाको टीकापुर नगरपालिकाका साढे ३ वर्षीय बालक विवेक विष्टको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई 
पुरस्कृत गरेको हो ।

यस्तै, उक्त घटनामा आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी अनुसन्धान कार्यलाई सहजता पुर्याएको भन्दै प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा, प्रहरी निरीक्षक लालबहादुर ऐर, प्रहरी सहायक निरीक्षक अनिल शाह र कृष्ण मल्ल, हवल्दार गणेश बहादुर सेठ्ठी, प्रहरी जवानहरु जयराम चुनारा, शिशिर शर्मा र नन्दराज भट्टलाई पनि नगदसहित सम्मान गरिएको हो । 

गत असार २० गते टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने साढे ३ वर्षीय विवेक विष्ट बेपत्तापछि मृत फेला परेका थिए। प्रहरीले घटनाको केही दिनभित्रैमा सफल अनुसन्धान सम्पन्न गरेको थियो।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १९:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया