सरकारमा नजाने तर आफ्नो पक्षमा सांसद बढाउने रणनीतिमा नेपाल समूह

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठक सम्पन्न भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि नेपाल पक्षले मंगलबार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक राखेको थियो । 

समसामयिक विषयका साथै आफ्नो पक्षमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए । आफूहरु जहिल्यै सत्यको बाटोमै हिँडेको र सधैँ जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको उनले बताए ।
   
हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ, सांसद खतिवडाले भने, ‘हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ ।’

अहिले चलाइएका प्रपोगाण्डा मिडिया खपतको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले २२ जनालाई २४ घण्टे स्पष्टीकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको उनले बताए । 

त्यस्तै, माधव नेपाल पक्षकी अर्की सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधिसभाको विघटनदेखि पुनस्र्थापनासम्मको भूमिकाबारे छलफल भएको बताइन् । साथै अबको भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको उनले बताइन् । 

‘सरकारमा जाने कुरा हाम्रो एजेण्डा थिएन, नेतृ झाँक्रीले भनिन्, ‘हाम्रो पार्टी अपोजिसन भएकाले सरकारमा जाँदैनौँ ।’

गत वर्षको फागुन २२ गतेदेखि जारी एमालेको पार्टी विवाद अहिलेसम्म जारी छ ।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार २०:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया