माधव नेपालकै घरअगाडि पुगेर युवासंघले जलायो पुत्ला

नेकपा एमालेको भातृसंगठन युवा संघका कार्यकताले वरिष्ठ नेता माधव नेपालकै घरअघि पुगेर उनको पुत्ला जलाएको छ ।

युवासंघले नेपालको रौतहटको चन्द्रनिगाहपुरमा रहेको घरअगाडि उनको पुत्ला जलाएको हो । 

पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर अन्तर्घात गरेको आरोपसहित मंगलबार साँझ युवा संघका कार्यकर्ताले नेता नेपालको पुत्ला जलाएका हुन्। 

उनीहरुले नेता नेपाललाई रौतहट आउन नदिनेसमेत चेतावनी दिएका छन्। 





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार २१:९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया