नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अब आफूपक्षीय स्थायी कमिटी बैठक बोलाएका छन्।
मंगलबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुसँग छलफल गरेका नेपालले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएका हुन्।
आफूनिकट सांसदहरुसँगको आजको भेलामा भएको छलफलबारे जानकारी दिन र नयाँ रणनीति बनाउन नेपालले स्थायी कमिटी बैठक बोलाएका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।