आज पनि एमाले केन्द्रीय कमिटी बैठक

नेकपा एमालेले दुई दिनअघि सुरु गरेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । यसअघि सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको छ । 

त्यस्तै, सोमबार बसेको बैठकले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

तर, उनीहरुलाई अहिलेसम्म स्पष्टिकरणका लागि पत्र पठाइएको छैन । देउवालाई विश्वासको मत दिएका सांसदहरुले आफूलाई स्पष्टिकरणको पत्र नआएको बताइसकेका छन् ।

मंगलबारको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधरले आफूहरुको विभिन्न प्रदेशमा कस्तो अवस्था रहेको छ भन्नेबारे समीक्षा गरेका थिए ।





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार ६:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया