इंग्ल्यान्डलाई पाकिस्तानविरुद्धको टि–२० सिरिज
फरकधार / ६ साउन, २०७८

पाकिस्तानविरुद्ध ३ खेलको टि–२० सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ । उसले मंगलबार भएको खेलमा ३ विकेटको जित हात पारेको हो । 

यो जितसँगै इंग्ल्यान्डले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।  

पाकिस्तानले दिएको १५५ रनको लक्ष्य इंग्ल्यान्डले अन्तिम ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो । इंग्ल्यान्डका जेसन रोयले अर्धशतकिय पारी खेले । ३६ बलको सामना गरेका उनले १२ चौका र १ छक्काको मद्दतमा ६४ रन प्रहार गरे ।

डेविड मलानले ३२, जोस बट्लर र कप्तान इयान मोर्गान समान २१–२१ रनको योगदान दिए ।

पाकिस्तानका मोहमम्द हाफिजले ३, इमाद वासिम, हसन अली, उस्मान कादिर र शादब खानले समान १–१ विकेट हात पारे । 

यसअघि म्यानचेस्टरमा टस जितेर ब्याटिङ राजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका मोहम्मद रिजवानले उत्कृष्ट प्रदर्शन गरे । ५७ बलको समना गरेका उनले ५ चौका र ३ छक्काको मद्दतमा ७६ रन जोडे ।

फखर जमानले २४, हसन अलीले अविजित १५ र सोहेब मक्सुदले १३ रनको योगदान दिए । 

इंग्ल्यान्डका आदिल रशिदले ४ र मोइन अलीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो । 

पहिलो खेल ३१ रनले गुमाएको इंग्ल्यान्ड दोस्रो खेलमा ४५ रनले विजयी भएको थियो । 

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १०:५८:३८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया