ओलीले बालकोटमा भेटे राष्ट्रिय सभाका सांसद

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाका सांसदहरुसँग छलफल गरेका छन् । बुधबार विहान बालकोटस्थित आफ्नै निवासमा बोलाएर ओलीले राष्ट्रिय सभाका एमाले सांसदहरुसँग छलफल गरेका हुन् ।

छलफलमा सहभागी एक सांसदका अनुसार ओलीले सर्वोच्च अदालतको फैसला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चालेका कदमबारे छलफल गरेका हुन् । 

उनले छलफलमा आफ्नो सरकारले राम्रो काम गरेकाले सांसदहरुले आफ्नो क्षेत्रमा जाँदा र राष्ट्रिय सभामा पनि सरकारको आलोचनाको डिफेन्ड गर्नु पर्ने बताएका थिए । उनले आगामि कदमबारे अहिले बसिरहेको केन्द्रीय समितिको बैठकबाट निर्णयहरु आउने पनि बताएका छन् ।

यो छलफलमा ओलीले अब एमाले एक हुने सम्भावना कम भएको तर आफूहरुले पार्टीलाई थप बलियो बनाएर लैजाने पनि बताएका छन् ।





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार ११:१०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया