घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?
फरकधार / ६ साउन, २०७८

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्य ९३ हजार २ सय रुपैयाँ रहेको थियो । 

यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य पनि आज घटेको छ । नेपाली बजारमा आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार ११:३४:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया