देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको निर्णयविपरीत प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । 

अदालतले विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने बाटो बन्द गरेको अवस्थामा एमालेले अदालतको आदेश आकर्षित नहुने भाषा प्रयोग गरी स्पष्टीकरण पत्र पठाएको छ । 

स्पष्टीकरणको कारणमा नयाँ प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दा अदालतको आदेश आकर्षित हुने अवस्था रहेकाले सांसदलाई पठाइएको पत्रमा उक्त कारण उल्लेख छैन । 

अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको स्पष्टीकरण पत्रमा पार्टी हित र संसदीय दलको विधान विपरीतका काममा लागेकाले किन कारबाही नगर्ने भन्ने प्रश्न गरिएको छ । 

यसअघि, ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको एमालेको केन्द्रीय समिति बैठकले २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १६:४१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया