भीम रावलबिना माधव समूहको बैठक, एकताविरोधी काम नगर्न संस्थापनको ध्यानाकर्षण
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको बैठक सकिएको छ । नेपाल समूहको बुधबारको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका युवाहरुले गरिरहेको एकताविरोधी काम तत्काल रोक्नुपर्ने माग गरेको छ । 

पार्टी एकताका लागि १० बुँदे भइसकेको र वार्ताको वातावरण बनिरहेको अवस्थामा एक नेताविरुद्ध भइरहेको चर्को नाराबाजी तत्काल रोक्नुपर्ने नेपाल समूहको माग छ । एमालेको युवा संघले नेता नेपालविरुद्ध चर्को नाराबाजी गर्दै पुत्लादहन सम्मको प्रदर्शन गरिरहेका छ । 

नेपाल समूहको आजको बैठकले सोही प्रदर्शन रोक्नका लागि पार्टी संस्थापन पक्षसँग माग गरेको हो । यस्ता गतिविधिले पार्टी एकताको वातावरण भाँडिने बैठकको निष्कर्ष छ । 

आजको बैठकमा नेपाल समूहमा रहेका भनिएका उपाध्यक्ष भीम रावल अनुपस्थित रहेका थिए । विश्वासको मत दिने विषयमा नेता नेपालसँग मत बाझिएपछि रावलले सांसद पदबाटै राजीनामा दिएका छन् । रावल नेपाल समूहको बैठकमा पनि अनुपस्थित भएका हुन् । 





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १७:५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया