निर्मला पन्त हत्या प्रकरण : फेरि समातिए दुई मजदुर

निर्मला पन्त हत्या प्रकरण सुल्झाउन प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । शंकास्पद भनिएका व्यक्तिहरूको डिएनए निर्मलाको शरीरमा भेटिएको वीर्यसँग मेल नखाएपछि नयाँ धारबाट अनुसन्धानलाई तीव्रता दिएको प्रहरीले कञ्चनपुर भाँसीमा निर्माण मजदुरको काम गर्ने दुईजनालाई पक्राउ गरेको हो ।

निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न सरकारले डिआइजी धिरु बस्न्यातको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको थियो । उक्त टोलीसँग समन्वय गर्ने भन्दै एसपी दुर्गा सिंहको नेतृत्वमा कञ्चनपुरमा खटिएको टोलीले दुई मजदुरलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । पक्रउ पर्नेका नाम भने खुलाइएको छैन ।

निर्मला पन्तका बुबा यज्ञराज पन्तले गत वर्ष माघमा कञ्चनपुरकै भाँसीमा घर निर्माण गरेको थिए । उनले घर निर्माण गर्दा मजदुरको काम गरेका दुईजनालाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको हो ।

सरकारले २ असोजमै निर्मला प्रकरणको अनुसन्धानका लागि बस्न्यातको नेतृत्वमा नयाँ टोली बनाएको थियो ।

यसअघि पनि प्रहरीले सोधपुछ र अनुसन्धानका नाममा कैयौँ निर्दोषलाई पक्राउ गरेको थियो । प्रहरीले यसअघि मानिसक सन्तुलन गुमाएका व्यक्तिलाई दोषी बनाउने प्रयाससमेत गरेको थियो । फेरि पनि पहिलेकै घटना दोहोरिने हो कि भन्दै स्थानीयवासी शनिबारदेखि आन्दोलित बनेका छन् । आन्दोलित स्थानीयवासीले उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । 





  • प्रकाशित मिति : असोज १४, २०७५ आइतबार १९:३३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया