टेलिकमका प्रबन्ध निर्देशक अधिकारीलाई कर्मचारीले कार्यालयमै थुने

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराज अधिकारीलाई आफ्नै कर्मचारीले मंगलबार रातभर कार्यकक्षमा थुनेका छन् । कर्मचारीले प्रस्ताव गरिएको माग पूरा नभएको भन्दै मंगलबार रातभर कार्यकक्षमा थुनिएको स्रोतले बताएको छ ।   

केही दिनयता टेलिकमका कर्मचारीहरु कर्मचारी विनियमावली संशोधनको विषयलाई लिएर आन्दोलित छन् । कर्मचारीसँग भएको सहमति अनुसार विनियमावली संशोधन नभएपछि कर्मचारीहरुले अधिकारीलाई कार्यकक्षमा थुनेको बताइएको छ । 

कर्मचारी विनियमावलीमा कर्मचारीका ‘जेन्युइन’ समस्या सम्बोधन गर्ने गरी संशोधन गर्ने सहमति भए पनि व्यवस्थापनले संशोधन गरेर पठाएको विनियमावलीमा आफ्नो माग नसमेटिएको भन्दै कर्मचारीबाट टेलिकमका निर्देशक थुनिएका हुन् । 
 
स्रोतका अनुसार अधिकारीलाई बिहान मात्रै घर जान दिएको थियो । यस विषयमा निर्देशक अधिकारीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १७:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया