नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल सहभागी नभएपछि नेपाल उनलाई फकाउन लागिपरेका छन् । बैठकमा अनुपस्थित भएका रावललाई फकाउन नेपाल उनकै निवास टोखा पुगेका छन् ।
एमाले विवाद समाधान कार्यदलमा नेपाल पक्षका संयोजक समेत रहेका रावलले सांसद पदबाटै राजीनामा गरेका थिए । पार्टी अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयनमा लचिलो नभएको र नेता नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडानमा रहेपछि रावलले सांसद पदबाट राजीनामा गरेका थिए ।
पार्टी एकताको अन्तिममा घडीमा नेता नेपालले साथ नदिएको भन्दै राजीनामा गरेका रावल नेता नेपालसँग रुष्ट छन् । रावलले सांसद पदबाट राजीनामा दिएको पत्र सभामुख अग्नि सापकोटालाई बुझाए पनि उनको राजीनामा पत्र स्वीकृत भने भएको छैन ।
वरिष्ठ नेता नेपालले मंगलबार देउवालाई मत दिने २२ सांसदसँग छलफल गरेका थिए भने बुधबार स्थायी कमिटी बैठक बोलाएका थिए । रावल दुवै बैठकमा सहभागी भएनन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।