कोरोना महामारीले अमेरिकीको औसत आयु २ वर्ष घट्यो
फरकधार / ७ साउन, २०७८

पछिल्लो  २ वर्षमा अमेरिकीको औसत आयु घटेको एक अध्ययनले देखाएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार सन २०१८ पछि २०२० सकिँदासम्म अमेरिकीको औसत आयु २ वर्ष घटेको  हो । 

उक्त रिपोर्टले यसरी अमेरिकाको औसत आयु घट्नुमा कोरोना महामारीलाई मुख्य कारक मानेको छ । 

अथर भर्जिनिया कमनवेल्थ युनिभर्सिटी स्कूल अफ मेडिसिनका स्टेभन वुल्फको टोलीले  यसबारे अध्ययन गरेको हो । यो अध्ययन अमेरिकाको नेशनल सेन्टर फर हेल्थ स्टाटिक्सटिकको डाटामा आधारित भएर गरिएको हो । 

रिपोर्ट अनुसार सन २०१८ मा अमेरिकीको औसत आयु ७८.७ वर्ष थियो  । यसको मतलब करिब ७९ वर्ष । तर २०२० मा आइपुग्दा अमेरिकीको औसत आयु ७६.९ भयो अर्थात करिब ७७ वर्ष । 

अमेरिकामा कोरोनाबाट महामारीका कारण ६ लाख भन्दा धेरैको ज्यान गएको छ । कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको अव्यवस्थाले पनि कम उमेरमै मृत्यु हुनेको संख्या बढेको दावी अध्ययनले गरेको छ । 

दोस्रो विश्वयुद्ध पछि अर्थात ८ दशकपछि पहिलो पटक अमेरिकाका औषस आयुमा यति धेरै गिरावट आएको अध्ययनले देखाएको छ । 

अध्ययन अनुसार गोरा भन्दा काला तथा ल्याटिन अमेरिकी मूलका अमेरिकीको औसत आयु धेरै घटेको छ । 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार ७:४:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया