काठमाडौंका यी खोप केन्द्रमा आजबाट १८ वर्षमाथिकाले खोप पाउने
फरकधार / ७ साउन, २०७८

अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिएको खोप साउन ४ गतेदेखि देशभर लगाइँदै आएको छ ।  अमेरिकाले दिएको जोनसन एण्ड जोनसन खोप सुरुमा ५० देखि ५४ वर्ष उमेरकालाई दिइएको थियो । त्यसबाहेक नेपालमा बस्दै आएका शरणार्थी, स्वास्थ्यकर्मी तथा अपांगता भएका, जोनसन खोप अनिवार्य गरिएका देशमा जानेलाई मात्रै जोनसन खोपको दिइएको थियो । 

आजबाट काठमाडौंका १० स्थानीय तहमा यो खोप १८ वर्षमाथिका सबैलाई दिइने भएका छ । काठमाडौं महानगरपालिका बाहेक काठमाडौंका अन्य १० पालिकाले जोनसन खोप १८ वर्षमाथिका सबैलाई दिन लागेका हुन् । 

१० वटा स्थानीय तहका २७ वटा खोप केन्द्रमा जोनसनको खोप दिइने जानकारी जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले दिएको छ । 

कहाँ कहाँ लगाइँदै छ खोप ?

चन्दागिरि नगरपालिका
-प्राथमिक स्वास्थ्य अस्पताल
-शसस्त्र प्रहरी अस्पताल
-सतुंगल स्वास्थय चौकी

कागेश्वरी नगरपालिका

-मुलपानी नगर अस्पताल
-बालपोट स्वास्थ्यचौकी
-गोठाटार स्वास्थ्यचौकी

बुढानिलकण्ठ नगरपालिका
-बुढानिलकण्ठ स्वास्थ्य चौकी
-करुणा अस्पताल

तारकेश्वर नगरपालिका
-धर्मस्थली स्वास्थ्य चौकी
-मनमैजु स्वास्थ्य चौकी
-गोलढुंगा स्वास्थ्य चौकी

कीर्तिपुर नगरपालिका
-राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
-विष्णु देवी अस्पताल
गोकर्णेश्वर नगरपालिका
-नेपाल मेडिकल कलेज
-शंकरापुर अस्पताल
टोखा नगरपालिका
-ग्राण्डी अन्रताष्ट्रिय अस्पताल
-अल नेपाल अस्पताल
-प्राथमिक स्वास्थ्य केन्द्र

नागार्जुन नगरपालिका
-रामकोट प्राथमिक स्वास्थ्य केन्द्र
-इचंगुनारायण स्वास्थ्य चौकी
-स्युचाटार स्वास्थ्य चौकी

शंखरापुर नगरपालिका
-लप्सीफेदी स्वास्थ्य चौकी
-सँखु स्वास्थ्य चौकी
-इन्द्रेणी नगर अस्पताल

दक्षिणकाली नगरपालिका
-शेष नारायण स्वास्थ्य चौकी
-प्राथमिक स्वास्थ्य चौकी
-छैमले स्वास्थ्य चौकी
 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार ७:२८:४९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया