बाढीका कारण सुरुङमा फसेका १३ मजदुरको शव भेटियो
फरकधार / ७ साउन, २०७८

चीनमा बाढीका कारण सुरुङमा फसेका १३ मजदुरको शव फेला परेको छ । दक्षिण चीनमा पर्ने गुआङदोङ प्रान्तको जुहाइ शहरमा घटना घटेको सिन्ह्वाले जनाएको छ । 

सिन्ह्वाका अनुसार निर्माणधीन उक्त सुरुङ मार्गमा १५ जुलाईमा बाढी पसेको थियो । बाढी पसेपछि सुरुभित्र काम गरिरहेका १४ मजदुर त्यहाँ फसेका थिए । 

उनीहरुको उद्धारका लागि २०० भन्दा धेरै सवारी  र २ हजार भन्दा धेरै उद्धारकर्मी खटेका थिए । बुधबार बेलुकासम्म १३ जनाको शव फेला परेको सिन्ह्वाले जनाएको छ ।

 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार ९:२७:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया