बढ्न थाल्यो भारतमा कोरोना
फरकधार / ७ साउन, २०७८

भारतको कोरोना संक्रमण बढ्न थालेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार बुधबार भारतमा ४१ हजार ६८३ नयाँ संक्रमित फेला परे । बुधबार ३८ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यहाँ २३७४ सक्रिय संक्रमतिको संख्या बढेको छ । 

२४ घण्टामा कोरोनाबाट ५१० जनाको मृत्यु भएको छ । 

भारतमा पछिल्ला दिनमा केरल राज्यमा तीब्र गतिमा संक्रमण बढी रहेको छ । भारतीय मिडियाले दिएको जानकारी अनुसार बुधबार केरलमा मात्रै १७ हजार ४८१ जनामा कोरोना पुष्टि भयो । 
 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार ९:४२:४८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया