चीनमा बाढी : २५ जनाको मृत्यु, सात बेपत्ता
फरकधार / ७ साउन, २०७८

चीनको हेनान प्रान्तमा अविरल वर्षाका कारण आएको बाढीमा परी अहिलेसम्म कम्तीमा पनि २५ जनाको मृत्यु भएको र सातजना बेपत्ता भएको चीनको सरकारी मिडियाले जनाएको छ । 

अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी मासिनलाई सुरक्षित स्थानमा पुर्याइएको छ । भीषण वर्षाबाट करिब १२ लाख मानिस प्रभावित भएका छन् । 

हेनान प्रान्तको राजधानी झेङझाउ सहर वर्षाको कारण पुरै डुबेको छ । यस सहरलाई आइफोन निमार्णको सबैभन्दा ठुलो आधारको रूपमा लिने गरिन्छ ।

वर्षाका कारणले नै गर्दा झेङझाउ रेलवे स्टेशनका १६० भन्दा धेरै ट्रेन रोकिएका थिए । यसै गरी २६० वटा उडान रद्द गरिएकाे थियाे । 

बेपत्ता भएका नागरिकको खोजी कार्य जारी नै छ । 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १०:२१:४६,   अन्तिम अपडेट : साउन ७, २०७८ बिहीबार १०:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया