चितवनमा गोली लागेर युवकको मृत्यु
फरकधार / ७ साउन, २०७८

चितवनमा गोली लागेर एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका हुन् । 

प्रहरीका अनुसार उनको टाउकोमा गोली लागेको छ । नजिकै गोलीको खोका समेत भेटिएको छ । मृतक युवक करिब ३० वर्ष जतिको रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । शव निकाले अनुसन्धान भइरहेको छ । मृतकको सनाखत भइ नसकेको प्रहरीले जनाएको छ । 

  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार ११:१७:२०,   अन्तिम अपडेट : साउन ७, २०७८ बिहीबार ११:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया