विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा पार्टीप्रतिको गद्दारी हो : शंकर पोखरेल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा पार्टीप्रतिको गद्दारी भएको बताएका छन् । 

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत पार्टीभित्रको अन्तरसंघर्षमा आफ्नै पार्टीलाई हराएर विरोधीलाई जिताउने कार्य कुनैपनि अर्थमा सही नहुने बताए । उनले त्यस्तो कार्य गद्दारी भएको बताए । 

पोखरेलले आफ्नो पार्टीको अन्तरविरोध अथवा किचलोको आडमा गोप्य रुपमा अर्कै पार्टीलाई सघाउने र आफ्नो पार्टीलाई हराउने काम गर्नु अथवा गराउनु गद्दारी भएको बताएका हुन् । 

पोखरेलले लेखेका छन्, ‘अन्तरपार्टी संघर्षमा गुप्त रुपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तर्घात हो भने खुलेआम त्यसो गर्नु र गराउनु गद्दारी हो ।’





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १३:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया