‘जिम्माल बाको छोरो’ लिएर आइन् इन्दिरा जोशी

गायिका इन्दिरा जोशीको नयाँ गीत सार्वजनिक भएको छ । जोशीको स्वरमा ‘जिम्माल बाको छोरी’ बोलको गीत सार्वजनिक भएको हो ।

रोमान्टिक शैलीको गीतको गायनमा जोशीलाई गायक रमेश बाबुले साथ दिएका छन् । गीत प्रकाश सापकोटाले लेखेका हुन् भने संगीत भिम श्रेष्ठले भरेका छन्।

गीतको म्युजिक भिडियोमा अभिनेता दिलिप रायमाझी, गायिका जाेशी, मोडल गीता ढुंगाना र कमल सिंहकाे अभिनय रहेकाे छ ।

म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका हुन् । बुद्द थापाले छायांकन गरेको भिडियो सम्पादन विकास दाहालले गरेका हुन् ।

प्रमोद भण्डारीले कोरियोग्राफी गरेको भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १३:४४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया