‘पर्खि बसेँ २’मा पल र मलिकाको जोडी

अघिल्लो वर्ष ‘फूलबुट्टे सारी’ बोलको गीत निक्कै चर्चित भयो । यो गीतसँगै चर्चामा आयो अभिनेता पल शाह र मलिका महतको जोडी । पहिलो म्युजिक भिडियोमा नै दर्शकले रुचाएपछि उनीहरुले अन्य केही म्युजिक भिडियोमा सँगै काम गरे ।

म्युजिक भिडियोमा निक्कै रुचाइएको यो जोडी ठूलो पर्दामा पनि सँगै देखिने भएको छ । पल र मलिकालाई लिएर गोपीकृष्ण मुभिजले फिल्म बनाउने भएको छ । फिल्मलाई लिएर दुवै कलाकारसँग मौखिक सहमति भइसकेको बताइएको छ ।

यी दुईले चलचित्र ‘पर्खि बसेँ २’ मा जोडीका रुपमा काम गर्ने छन् । गोपीकृष्ण मुभिज र हिमालय फिल्मसको ब्यानरमा बन्न लागेको यो फिल्म २०६५ सालमा बनेको चलचित्रको सिक्वेलका रुपमा बन्ने छ ।

चलचित्र सौरभ चौधरीले निर्देशन गर्नेछन् । चलचित्रको पहिलो सिक्वेलमा अभिनेता राजवल्लभ कोइराला, निखिल उप्रेती र युना उप्रेतीले शीर्ष भूमिकामा रहेर अभिनय गरेका थिए ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १४:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया