जनतालाई कोरोना खोप उपलब्ध गराउन माधव नेपालको माग

नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आम जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

वरिष्ठ नेता नेपालले बाढी, पहिरो र डुबानबाट आक्रान्त जनताको पीडालाई पनि तत्काल सम्बोधन गरी राहतको प्रबन्ध गर्न प्रधानमन्त्री शेर बहादुर देउवासँग आग्रह गरेका छन् । ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले यस्तो आग्रह गरेका हुन् । 

नेपालले भने, ‘आम जनतालाई खोप उपलब्ध गराउने, उपचारको व्यवस्थादेखि लिएर बाढी, पहिरो र डुबानका कारण भोकले पीडित भएका जनताको निम्ति आवश्यक प्रबन्ध गर्ने कुरामा संवेदनशील भएर अगाडि बढ्नुहोस् भनेर प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हाम्रो राजनीतिको केन्द्र बिन्दु नै जनता हुन् ।’

नेता नेपालले भ्रष्टाचार मुक्त नेपाल बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्न तथा हावादारी योजना नल्याउन पनि आफूले प्रधानमन्त्री देउवालाई सुझाव दिएको बताए । नेपालले भ्रष्टाचारले मुलुक आक्रान्त बनाएकाले त्यसको अन्त्य गर्न सरकार केन्द्रित हुनुपर्ने स्पष्ट पारे । 





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १४:५८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया