एमालेको बिस्तारित बैठक स्थलमा तोडफोड

मोरङको उर्लाबारीमा नेकपा एमालेको बैठकमा तोडफोड भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा राखेको नगरस्तरीय बिस्तारित बैठकमा आक्रमण र तोडफोड भएको हो ।

नगर समिति घोषणा गर्ने र सदस्यता नवीकरण गर्ने भन्दै बिस्तारित बैठक आव्हान गरिएको थियो । उक्त भेला सुरु हुनुभन्दा अगाडि नै आपसमा झडप हुँदा बैठक बिथोलिएको हो । 

एमालेका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले बिस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको बताए । ‘किन र कसले तोडफोड ग¥यो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौँ’, उनले भने ।

एमालेको संस्थापन पक्षले भने माधव समूहका कार्यकर्ताले तोडफोड गरेको हुनसक्ने आशंका गरेका छन् । माधव समूहका नगर संयोजक गंगा बास्तोलाले आफूलाई बैठकमा भएको तोडफोडको विषयमा जानकारी नभएको बताए ।

आफ्नो समूहका कोही पनि सदस्यलाई उक्त बैठकमा नजान यसअघि नै निर्देशन गरेको बताउँदै बास्तोलाले आफूहरुको बदनाम गर्नका लागि ओली समूहले सुनियोजित रुपमा हल्ला चलाएको हुनसक्ने बताए ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १६:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया