राज कुन्द्राको डिभाइसमा ७० भिडियो

अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्राले पोर्नोग्राफिक भिडियो बनाउने पाइएको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । सोमबार राति पक्राउ परेका कुन्द्राले यस्ता भिडियोमा काम गरेको प्रमाण आफूसँग भएको प्रहरीले जनाइसकेको छ ।

अब भारतीयमा मिडियामा आएका समाचारअनुसार प्रहरीले छानबिनका क्रममा निकै ठूलो गिरोहबारे पत्ता लगाएको छ जो यसमा संलग्न थियो ।

तर, राज कुन्द्राका वकिलले भिडियो भेटिए पनि त्यहाँ भएको कन्टेन्ट पोर्नोग्रौफ्रिक नेचरको नभएको बताएका छन् ।

रिपोर्टहरुका अनुसार अब राज कुन्द्राको डिभाइसबाट प्रहरीले ७० वटा भिडियो फेला पारेको छ । यसबारे शिल्पालाई पनि थाहा भएको भन्दै केही भारतीय अभिनेता तथा अभिनेत्रीले उनलाई पक्राउ गर्नु पर्ने माग गरेका छन् ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १५:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया