प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’मा नियुक्त

सरकारले लोकगायक प्रकाश सपुत र लोकगायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’मा नियुक्त गरेको छ ।

नेपाल सरकार गृह मन्त्रालयअन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनीहरुलाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो । 

गीत संगीतको माध्यमबाट समूदायका विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरुलाई सोसम्बन्धी सदभावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए । 

गीत संगीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक सन्देश प्रवाहमा उहाँहरुको भूमिका उल्लेखनीय रहने प्राधिकरणले अपेक्षा गरेको छ।

गायक सपुत बाग्लुङनिवासी हुन् र भने गायिका दुलाल सिन्धुपाल्चोककी हुन् । यस वर्षको बर्खामा आएको बाढीपहिरोले यी दुवै जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। 





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १९:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया