नेपाल र ओलीबीच भेटघाट आज या भोलि : सुवास नेम्वाङ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । एमाले ओली पक्षका नेता सुवास नेम्वाङका अनुसार ओली र नेपालबीच आज र भोलिमा भेटवार्ता हुने भएको हो । 

‘उहाँहरुबीच भेटवार्ता हुने भनिएको छ । आज र भोलिमा भेटवार्ता हुन्छ होला,’ नेम्वाङले फरकधारसँग भने, ‘आज वा भोलि बिहानसम्ममा चाँडै भेट्ने भन्ने कुरा हो ।’

विवाद उत्कर्षमा पुगेको एमालेमा ओली–नेपाल भेटले फेरि नयाँ तरङ्ग सिर्जना गरेको छ । यसअघि एमाले असन्तुष्ट पक्षका २२ सांसदलाई शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै एमालेले स्पष्टीकरण सोधेको थियो । 

तर, आज बसेको बैठकले त्यो स्पष्टीकरणबारे केही निर्णय गरेको छैन । ओलीले आजै मात्र नेपाल समूहलाई आममाफी दिएको घोषणा गरेका थिए ।





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार १९:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया