बागमती प्रदेशमा शुक्रबारबाट अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न र कर तिर्न पाइने

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । 

बागमती प्रदेशभित्रका सवारीसाधनको ब्लुबुक नवीकरण गर्न र सवारीसाधनको कर तथा जरिवाना भोलिदेखि अनलाइनबाटै तिर्न सकिने भएको हो । 

यसका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस)को विकास गरेको छ । 

भोलि मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा यो सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसअघि नै यो सेवा सुरू हुने भनिए पनि प्राविधिक समस्याका कारण शुक्रबारबाट मात्रै सुरू हुन लागेको हो । 

सेवाग्राहीले नागरिक एपबाट आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको करबारे जानकारी लिन र कर तिर्न सक्नेछन् । 

जसका लागि एपको सवारी कर अप्सनमा जानुपर्ने हुन्छ । एपबाट पहिलो चरणमा बागमती प्रदेशका सवारीसाधनको कर तिर्न सकिनेछ । 





  • प्रकाशित मिति : साउन ७, २०७८ बिहीबार २१:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया