विश्व खेलकुदको महामेला ओलम्पिक आजबाट

विश्व खेलकुदको महामेलाको रूपमा ओलम्पिकलाई लिने गरिन्छ । कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको यो मेला यसपटक जापानको राजधानी टोकियो सहरमा जुलाई २३ (आज) बाट सुरु हुँदैछ ।

३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक आजबाट टोकियोमा सुरु हुन लागेको हो । यसमा ३३ खेलका ३३९ विधा समेटिएको छ ।

टोकियोस्थित ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार साँझ पौन ५ बाट सुरु हुनेछ । 

उद्घाटन समारोहमा मार्च पाससहित विभिन्न कार्यक्रम हुनेछन् । मार्च पासमा नेपालको झन्डा पौडीबाज गौरिका सिंह र एलेक्स शाहले बोक्ने छन् ।

टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार २३८ खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गर्नेछन् ।

नेपालको तर्फबाट गौरिका र एलेक्ससहित जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परियार र एथ्लेटिक्सकी सरस्वती चौधरीले सहभागिता जनाउने छन् ।



गौरिका, एलेक्स र सरस्वतीले आ-आफ्नो खेलको अनिवार्य कोटा तथा सोनिया र कल्पनाले वाइल्ड कार्डमार्फत् टोकियो ओलम्पिकमा सहभागी हुने अवसर पाएका हुन्।

गौरिकाले महिला र एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । सोनियाले महिला ४८ केजी मुनि तौल समूहमा आफ्नो चुनौती पेस गर्नेछिन् ।



कल्पनाले महिला १० मिटर एयर राइफल र सरस्वतीले १०० मिटर महिला दौडमा सहभागिता जनाउने छिन् । 

ओलम्पिकको औपचारिक सुरुवात आजदेखि हुने भए पनि फुटबल र सफ्टबल भने बुधबारदेखि नै सुरु भइसकेको छ ।

आज आर्चरी, घोडचढी र रोविङका खेलहरू सञ्चालन हुनेछन् । 

  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार ८:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया