कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँट नगरपालिका-१०  निवासी ७३ वर्षीय राम खुनाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खुनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा परी खुनाकी श्रीमती विष्णु खुनाको उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरचालक वेदकोट नगरपालिका-५ का २६ वर्षीय धनबहादुर ओखेडालाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १०:४५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया