हेन्ड जाजा : सिरियन गृहयुद्धको कोइलाबाट निस्किएकाे हीरा

विश्व खेलकुदको महामेला मानिने ओलम्पिक शुक्रबारबाट जापानको राजधानी टोकियो सहरमा सुरु हुँदै छ । 

विश्व खेलप्रेमीको केन्द्रबिन्दुमा रहने ओलम्पिकमा खेलाडीहरू विभिन्न कारणले गर्दा चर्चामा आउँछन् । तीमध्ये कतिपय अन्य खेलाडीका लागि प्रेरणाका स्रोत बन्न सक्छन् । जसमध्यकै एक हुन्- १२ वर्षीय हेन्ड जाजा ।

जाजाले टोकियो ओलम्पिकमा सिरियाको प्रतिनिधित्व गर्दै टेबल टेनिसमा आफ्नो दोबेदारी प्रस्तुत गर्दैछिन् । 

जाजाले गत वर्षको फेब्रुअरीमा एसियन छनोटमा लेवनानकी ४२ वर्षीय मारियाना सहाकिनलाई पराजित गर्दै टोकियो ओलम्पिकमा स्थान सुरक्षित गरेकी हुन् ।

त्यतिबेला मात्र ११ वर्ष जाजा यस कारण पनि विशेष छिन् कि उनी सिरियाको सम्पूर्ण तहका राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जित्ने एक्ली खेलाडी हुन् ।

सिरियामा बढ्दो द्वन्द्व र संकटकालकाबीच पनि जाजाले विश्व टेनिसमा आफ्नो नामलाई उचाइमा पुर्‍याउन सफल भइन् । अब उनको लक्ष्य टोकियो ओलम्पिक हो । 



‘यो मेरो देश, परिवार तथा सम्पूर्ण साथीहरूका लागि उपहार हो’, जाजले भनिन् ।

अन्य सिरियाली बच्चाहरूको जस्तै जाजाको बाल्यकाल पनि गृहयुद्धकै चरम चपेटमा बित्यो । उनले टेबल टेनिसलाई युद्ध भुलाउने माध्यमका रूपमा लिइन् जसमा परिवारको राम्रो साथ थियो । 



सिरियाको द्वन्द्वकालीन समयमा जाजाले राम्रोसँग अभ्यास गर्न पाइनन् तर पनि केही समयको बन्द प्रशिक्षणको अभ्यासका भरमा उनले आफूलाई टोकियो ओलम्पिकका लागि तयार पारेकी छिन् । 

‘मेरो रगतमा खेल छ’,जाजाले सिजिटिएनसँगको कुराकानीका क्रममा भनिन्, ‘मेरो परिवारको खुसीका लागि म जे पनि गर्न तयार छु । उनीहरूले मलाई हरेक कुरामा साथ दिएका छन् ।’ 

  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १०:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया