नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रति तोलामा ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ रहेको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । प्रति तोलामा १० रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।