चीनः तिब्बत पुगे सी

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतको भ्रमण गरेका छन् । उनी राष्ट्रपति भएपछि उनको यो पहिलो तिब्बत भ्रमण हो ।

जिनपिङ बुधबार दक्षिण पश्चिमी तिब्बतको न्यिंगशी सहरमा पुगेका हुन् । सिन्ह्वाका अनुसार उनले त्यहाँ एक नदीमा बनिरहेको पुलको अवलोकन पनि गरेका थिए ।

बिहीबार उनले यो सहरबाट ल्हासासम्म रेल यात्रा पनि गरेको समाचारमा जनाइएको छ । यो रेल गत महिनामात्र सुरु भएको थियो ।

चीनले ७० वर्ष पहिले तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको हो । तिब्बती धर्मगुरु दलाई लामा आफ्ना अनुयायीसँग अहिले पनिप भारतको एक धर्मशालामा बसिरहेका छन् ।





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १२:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया