गण्डकी प्रदेशमा नयाँ मन्त्रीहरुको आज सपथ

गण्डकी प्रदेशमा नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम आज दिउँसो १ बजे हुने भएको छ । 

सत्तारुढ नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएसँगै आज दिउँसो सपथ कार्यक्रम गर्ने तय भएको हो । नेपाली कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने भएको हो । उनीहरु क्रमशः बाग्लुङ, स्याङ्जा र तनहुँका सांसद हुन् ।

यसअघि माओवादी केन्द्रले रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरिसकेको थियो । यी ६ जना मन्त्रीहरुको सपथ आज दिउँसो हुने भएको हो ।





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १२:४०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया