भीम रावलले लिए राजीनामा फिर्ता
फाइल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभाको सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । 

रावलले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको राजीनामा फिर्ता लिएका हुन् । रावलले शुक्रबार सभामुख सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको आग्रह र एमाले सुदूरपश्चिम प्रदेशका सांसदहरुको दवावमा रावलले राजीनामा फिर्ता लिएका हुन् । 

रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।  





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १२:४६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया