दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५४ वर्षीय व्यक्ति पक्राउ
सांकेतिक तस्बिर

दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भक्तपुरमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५४ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका–९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबाग रहेका छन् । ९ र १२ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

राजबागले मध्यपुर ठिमी नगरपालिका–९ स्थित निलबाराही जंगलमा मादक पदार्थ सेवन गरी ती बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

राजबागमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १३:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया