संसदमा पूर्वसभामुख नेम्वाङ : सत्तापक्षलाई प्रश्न, 'अनुशासन तपाईंहरुको पार्टीमा मात्रै चाहिने हो ?'

संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङले दलभित्रकाे अनुशासन सत्तापक्षकाे पार्टीमा मात्रै चाहिने हाे भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेम्वाङले सर्वाेच्च अदालतको फैसलाले दलभित्रकाे अनुशासन बिगारेकाे भन्दै ह्विप तथा दलीय अनुशासन सत्तापक्षमा रहेका कांग्रेस र माओवादी केन्द्रमा मात्रै लागु हुने हाे भन्ने प्रश्न गरे ।

नेम्वाङले सर्वोच्च अदालतको फैसलाले सन्तुलन खल्बलिएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेम्वाङले प्रतिनिधिसभा पुनःस्थापित गर्दै शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि अदालतले दिएको परमादेशले सन्तुलन बिग्रिएको बताए । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले अदालतले दिएको परमादेशले विभिन्न प्रश्नहरु उब्जिएको बताए । उनले संविधानको धारा ७६ को उपधारा ५ को विषयमा अदालतको फैसला र नाम तोकेरै प्रधानमन्त्री बनाउनका लागि दिएको परमादेशले सन्तुलन बिग्रिएको टिप्पणी गरे । 

नेम्वाङले आफूहरु जिम्मेवार प्रतिपक्ष रहेकाले सरकारको र सदनको जायज कुरामा साथ दिने र गलत लागेमा रचनात्मक विरोध गर्ने बताए । उनले गलत कुरामा गलत भएको गरेको टिप्पणीसहित राम्रो काममा सहयोग गर्ने बताए । 

अदालतले उपधारा ५ अनुसारको सरकारलाई मत दिँदा सांसदलाई दलीय ह्विप नलाग्ने र सोही आधारमा पार्टीले सांसदलाई कारबाही गर्न नमिल्ने भन्ने अदालतको व्याख्याले दलीय सन्तुलन र अनुशासन बिग्रिएको नेम्वाङले टिप्पणी गरे । 

अदालतको फैसलाले अहिले एउटै दलका सांसद सदनमा उपस्थित हुँदा केही सत्तापक्षमा र केही विपक्षमा बस्ने अवस्था सिर्जना भएको बताए । उनले फैसलाका कारण दलीय व्यवस्थामा गम्भीर असर पर्ने बताए । 






  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १३:५०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया