नविन के. भट्टराईको ‘सम्झिरहन्छु’मा वर्षा र राजको जोडी

पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटी र राज कटुवाल प्रेममा रहेको चर्चा छ । उनीहरु आफैंले भने खुलेर आफूहरु प्रेममा रहेको स्वीकार गर्दैनन् । 

तर, दर्शकबाट उनीहरुको प्रेम लुक्न सकेको छैन । उनीहरुका निकट साथीहरुले वर्षा र राज बिहेको तयारीमा रहेको बताउन थालेका छन् ।

ठीक यहि बेला यो जोडी म्युजिक भिडियोमा देखिने तयारीमा छन् । वर्षा र राजको जोडीलाई लिएर गायक नविन के भट्टराइले एक गीतको म्युजिक भिडियो छायांकन सकेका छन् । उनले आफ्नै शब्द संगीतमा गाएको ‘सम्झिरहन्छु’ बोलको गीतको म्युजिक भिडियोमा वर्षा र राजले अभिनय गरेको बताए ।

दुई वर्षको अन्तरालमा नयाँ गीत मार्फत श्रोता दर्शक माझ फर्किन लागेको नविनले म्युजिक भिडियो छायांकन सकिएको बताए । नविना भट्टराइले निर्देशन गरेको म्युजिक भिडियोमा राज र वर्षालाई सँगै देख्न सकिने छ ।

पछिल्लो समय चर्चामा रहेको जोडीलाई लिएर काम गर्न पाउँदा आफू उत्साहित रहेको भट्टराइले बताए । सौरभ लामाले छायांकन गरेको म्युजिक भिडियो अर्जुन जिसीले सम्पादन गरिरहेका छन् । गीत छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको गायक भट्टराइले बताए ।





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १४:८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया