[भिडियो] मेरो घर वरपर बाँदर जुलुस ननिकाल्नु, माधव नेपाल तर्सिने मान्छे होइनः माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो घर वरपर आएर बाँदर जुलुस ननिकाल्न भनेका छन् । उनले आफ्नो घर वरपर बाँदरे प्रवृत्ति नदेखाउन पनि अनुरोध गरेका छन् ।

उनले आफ्नो घर छिर्ने ठाउँमा केही युवाहरु आएर बसेको बताएका छन् । ‘मलाई तर्साउन,’ नेपालले भनेका छन्, ‘माधव नेपाल तर्सिने मान्छे हो र ?’

काठमाडौंमा आयोजित एउटा कार्यक्रममा उनले आफूमाथि बारम्बार षडयन्त्र भएको पनि बताएका छन् । उनले अहिले संसदलाई जोगाएको र संविधानको रक्षा गरेको पनि बताएका छन् ।

‘हामीले जायज काम गरेका छौँ, जायज र संविधानसंगत काम गरेका छौँ,’ नेपालले भनेका छन् ।

उनले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जनालाई आफूले विशेष सम्मान गर्ने बताएका छन् । उनले ११ जना सांसद जसले देउवालाई विश्वासको मत दिने दिनमा संसद भवन छोडेका थिए, उनीहरुलाई पनि आफूले विशेष सम्मान गर्ने बताएका छन् ।





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १७:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया