एन्फा टेक्निकल कमिटी संयोजकले पदबाट दिए राजीनामा

अखिल नेपाल फुटबल संघ (एन्फा)का टेक्निकल कमिटीका संयोजक कृष्ण बहादुर थापाले पदबाट राजीनामा दिएका छन् । 

एन्फा उपाध्यक्षसमेत रहेका थापाले शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा समक्ष राजीनामा बुझाएका हुन् । 

थापाले आफ्नो जनकारीबिना पुरुष राष्ट्रिय टिमका प्रशिक्षककाे करार अवधि थप्ने, महिला टिमको सहायक प्रशिक्षक नियुक्त गर्ने, एकेडेमीका लागि यु–१३ खेलाडीको अन्तिम सूची सार्वजनिक गर्ने, बी लाइसेन्स कोर्ष सञ्चालन गर्ने जस्ता कार्य भएकाले नैतिकताका आधारमा आफू पदमा बस्न नमिल्ने बताउदै पदबाट राजीनामा दिएको जनाएका छन् ।





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १८:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया