सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा दुईवटा ‘बेलिब्रिज’ बन्ने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोकको पहलमा मेलम्ची र हेलम्बुमा बेलिब्रिज निर्माण हुने भएको छ । शुक्रबार पार्टीको जिल्ला नेतृत्वसहितको टोली अर्थमन्त्री जनार्दन शर्मालाई भेट गर्न सिंहदरबारस्थित मन्त्रालय पुगेको थियो ।

भेटपछि अर्थमन्त्री शर्माले २ वटा पुल चाँडै निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री शर्मालाई १५ बुँदे मागहरु राख्दै डेलिगेसन सहितको टोली मन्त्रालय पुगेको थियो ।

हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका, पाँचपोखरी थांगपाल गाउँपालिकाका नदी किनारामा भएको क्षति अझै विद्यमान भएको भन्दै माओवादी केन्द्रले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, नेकपा सिन्धुपाल्चोकका नेता तथा माओवादी केन्द्रीय सदस्यद्वय माधव सापकोटा ‘सुबोध’, सरल सहयात्री, कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’, झम्क पराजुली ‘हिमाल’, गोविन्द पराजुली ‘अभिनास’ लगायतका नेताहरु अर्थमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए ।

क्षतिग्रस्त क्षेत्र अवालोकन गरेर सरकारले तुरुन्तै बाढीबाट प्रभावित क्षेत्रमा बेलिब्रिज बनाउन माओवादीका नेताहरुले ध्यानाकर्षण गराए । जवाफमा मन्त्रालयले चाँडै अध्ययन गरेर बेलिब्रिज बनाउने प्रतिबद्धता मन्त्री शर्माले गरेका थिए । मन्त्री शर्मालाई त्यहाँको अहिलेको अवस्थाको जानकारी नेताहरुले गराएका थिए ।

१ असारमा हेलम्बु, मेलम्ची लगायतका क्षेत्रहरुमा ठूलो क्षति हुने गरी बाढी आएको थियो । बाढीबाट प्रभावितहरुको उद्धारमा मन्त्री दुलालसहितका नेताहरु सोही दिनदेखि खटिएका थिए । पछिल्लो समय सो क्षेत्रको बारेमा निरन्तर अवलोकन गरिरहेका पूर्वमन्त्री दुलालसहितको टोलीले आज अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरबार पुगेका हुन् ।
 





  • प्रकाशित मिति : साउन ८, २०७८ शुक्रबार १९:२१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया