भारतमा थप ३९ हजार संक्रमित, ५४६ मृत्यु

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १३ लाख ३२ हजार १५९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ५४६ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख २० हजार १६ पुगेको छ । 

यही अवधिमा ३५ हजार ८७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म भारतमा ३ करोड ५ लाख ३ हजार १६६ जना संक्रमणमुक्त भइसकेका छन् । 

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युको हिसाबले तेस्रो स्थानमा छ ।

भारतमा हालसम्म कोरोना भाइरसविरुद्ध ४२ करोड ७८ लाखभन्दा धेरै डोज खोप दिइसकिएको छ । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार ९:४८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया