पोचेटिनो २०२३ सम्म पिएसजीमै रहने

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । 

पिएसजीले पोचेटिनोको सम्झौता थप १ वर्ष लम्बिएको जनाउँदै उनी सन् २०२३ को जुन ३० सम्म क्लबमै रहने बताएको छ । 

पोचेटिनो थोमस टुचेलको स्थानमा सन् २०२१ को जनवरीमा पिएसजीका मुख्य प्रशिक्षक बनेका थिए । 

४९ वर्षीय पोचेटिनो इंग्लिस क्लब टोटेनहामबाट बर्खास्तमा परेपछि आफ्नो पूर्व क्लब पिएसजी फर्किएका हुन् । उनले सन् २००१ देखि २००३ सम्म पिएसजीका लागि खेलेका थिए । 

पोचेटिनोको प्रशिक्षणमा पिएसजीले फ्रेन्च कप जित्दा, दोस्रो स्थानमा रहेर लिग वानको अन्त्य गरेको थियो ।

इंग्लिस क्लब म्याचेस्टर सिटीसँग पराजित हुँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएको थियो । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १०:२४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया